विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से सूचक ४१.४३ अंकले घटेर २५७२.२३ अंकमा

663
shares

काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीको पूँजी बृद्धि गर्दा पनि आइतबार जीवन बीमाको सूचक उल्टै घटेको छ । कारोबार सुरु हुने वित्तीकै बीमा कम्पनीको शेयर मूल्यमा अत्याधिक आकर्षण देखिएको थियो ।

बीमा कम्पनीको शेयर मूल्य बढ्ने अपेक्षामा लगानीकर्ताले आफु सँग भएको अन्य पोर्टफेलियो बिक्री गरेर बीमा कम्पनीको शेयर उठाएका थिए । यसरी बीमा कम्पनीको शेयर खरिद गर्न अन्य पोर्टफेलियो बिक्री गर्दा समग्र शेयर बजार नै घटेको हो । अन्तिममा बीमा कम्पनीका साथ साथै अन्य कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको हो ।

बीमा समितिले गत बिहीबार जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे दुई अर्ब रुपैयाँ पुर्याएको थियो । समितिले कम्पनीहरुलाई एक महिना भित्रमा क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको छ । २०७९ चैत मसान्त भित्रमा तोकिएको पूँजी जुटाउने गरी दिइएको निर्देशनले शेयर बजार बढ्ने अपेक्षा गरेको गरिएको थियो ।

तर बीमा समितिको क्यापिटल प्लानले शेयर बजार बढ्नुको सट्टा उल्टै घट्यो । लगानीकर्ताले अन्य पोर्टफेलियो बिक्री गरेर बीमा कम्पनीको शेयर उठाउदा कारोबार रकम पनि बढेको छ । साविकका दिनमा २/३ अर्बमा सिमित कारोबार आज भने झण्डै ५ अर्बको कारोबार भएको छ । आइतबार नेप्से सूचक ४१.४३ अंकले घटेर २५७२.२३ अंकमा झरेको छ । निर्जीवन बीमा बाहेक सम्पुर्ण सूचकमा गिरावट देखिएको छ । निर्जीवन बीमाको सूचक १३३ अंकले सुधार भएको छ । भने जीवनको ९८.६१ अंकले घटेको छ । निर्जीवन बाहेक सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन् ।

आज सर्वाधिक धेरै बढ्ने क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले सुधार भएको छ । त्यस्तै इमर्जीङ नेपाल र राष्ट्र उत्थानको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बीमा कम्पनी मध्ये सबैभन्दा धेरै सानिमा जरल र जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports