प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चैत २६ गते निर्धारण शाखा अधिकृतको परीक्षा फेरि स्थगित

468
shares

काठमाडौं । लोक सेवा आयोगले यही चैत २६ गते निर्धारण गरेको शाखा अधिकृत वा सो सरह पदको पहिलो चरणको परीक्षा स्थगित गरेको छ । यो परीक्षा विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न ढिलाइ गरेपछि परीक्षा स्थगित गरिएको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले भने, ‘धेरै उम्मेदवारहरु भएकाले र दिपायल देखि जुम्ला सम्म पनि परीक्षा हुने भएकाले परीक्षा व्यवस्थापन गर्नै नसक्ने अवस्था आयो ।’ शाखा अधिकृत पदको परीक्षाको विज्ञापन गत मंसिर महिनामा प्रकाशित भएको थियो । त्यति बेला कर्मचारी समायोजनको विवाद टुंगो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि परीक्षा स्थगित भएको थियो । तर त्यसपछि फेरि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला आएपछि लोक सेवा आयोगले यही चैत २६ गते परीक्षा लिने तयारी गरेको थियो ।

पूर्वनिर्धारित तालिका अनुसार भएको भए यो परीक्षा माघ महिनामै सकिन्थ्यो । परीक्षाको टुंगो नहुँदा करिब १५ हजार परीक्षार्थीहरु मर्कामा परेका छन् । काठमाडौं उपत्यका भित्र मात्रै १० हजार १५० परीक्षार्थीहरु छन् । यही बीचमा फेरि थारु कल्‍याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी र अधिवक्ता श्रवण कुमार चौधरीले थारु आरक्षण बिना विज्ञापन प्रकाशित गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिट आज न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । तर उक्त रिट हेर्न नभ्याउनेमा परेपछि फैसला हुन सकेन । यो मुद्दामा अब कहिले सुनुवाइ हुन्छ भन्ने एकीन छैन ।

अर्को हप्ता सर्वोच्चले परीक्षा लिने बाटो खोलिदिए पनि परीक्षा व्यवस्थापन गर्न नसकिने लोक सेवा आयोगले जनाएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीले भने, ‘शाखा अधिकृतको यो परीक्षामा धेरै परीक्षार्थीहरु छन् । परीक्षा लिन जनशक्ति पनि धेरै परिचालन गर्नुपर्छ, तयारी त्यसै अनुसारको गर्नुपर्ने भएकाले थोरै समयमा परीक्षा लिन सकिंदैन ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports