प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चीन निर्यातमा थप एक सय नेपाली वस्तुलाई शून्य भन्सार दर सुबिधा

611
shares

काठमाडौं । चीन सरकारले शून्य भन्सार दरमा आफ्नो मुलुकमा प्रवेश दिने नेपाली वस्तुको संख्या बढाएको छ ।

नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाइ व्यापार विस्तारमा सहयोग पुर्‍याउन चिनियाँ विदेश मन्त्री वाङ यीको तीन दिने भ्रमणका क्रममा चीनले थप एक सय वस्तुमा यस्तो सुविधा दिएको वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।यसअघि नेपाललाई ८ हजार प्रकारका वस्तुमा शून्य भन्सादर दर सुविधा रहेकोमा अब एक सय वस्तु थपिएको केन्द्रका तथ्याङ्क अधिकृत कृष्ण बजगाईंले बताए ।

अब शन्य भन्सार दरमा चीन निर्यात हन पाउने नेपाली वस्तुको संख्या ९३० पुगेको निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । ‘चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाल र चीन बीच नौ बुँदे समझदारी हुँदा थप एक सय वस्तुमा यस्तो सुविधा दिने समझदारी भएको छ,’ बजगाईंले  भने ‘ती वस्तुको सूची भने सार्वजनिक भइसकेको छैन ।’ नेपाललाई २०६३ सालदेखि यस्तो सुविधा दिन सुरु गरेको चीनले २४ मंसिर २०७२ देखि तेस्रो पटकमा यस्तो सुबिधा थप गर्दै शून्य महसुल सुविधा छुट हुने वस्तुको संख्या ८ हजार ३० पुर्‍याएको थियो ।

चीनले पहिलो पटक २०६३ सालमा ४ हजार ७ सय २१ वटा नेपाली वस्तुहरुलाई शुन्य भन्सार दरमा आफ्नो मुलुक प्रवेशको सुविधा दिएको थियो । २०६७ सालमा संख्या थप संख्या बढाएर त्यो संख्या ७ हजार ७ सय ८७ पुर्‍याएको थियो । नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मलुक चीनमा नेपालले खाद्यन्न देखि घरेलु उत्पादनहरु निर्यात गर्दै आएको छ । नेपाल बाट चीनमा अगरबत्ती, हस्तकला, कपाल, पश्मिना, छाला, औषधि, म्युजिकल उपकरण तथा उपकरण, चाउचाउ, तयारी पोशाक, रुद्राक्ष, चिया, तरकारी, पिठो, उनी गलैंचा लगायतका वस्तुहरु निर्यात हुँदै आएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports