एभरेष्ट बैंकले खोल्यो जमल, महाराजगंज र जरङखुमा नयाँ शाखा
वि.सं.२०७८ चैत १४ सोमवार ०८:४२
shares

काठमाडौँ । एभरेष्ट बैंकले काठमाडौँको जमल, महाराजगंज र जरङखुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
जमल शाखाको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिग र राष्ट्रिय नाचघरका महाप्रबन्धक अशोक कुमार राईले संयुक्त रुपमा उद्घाटन गरेका छन्। त्यसैगरी महाराजगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र काठमाडौँ महानगरपालिका वडा. नं ४ का वडा अध्यक्ष मोहनबहादुर बिष्टले संयुक्त रुपमा गरेका छन्।
साथै जरङखु शाखाको उद्घाटन एभरेष्ट बैंकका सञ्चालक डा. बालगोपाल बैद्य र तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहोराले संयुक्त रुपमा गरेका छन्। उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल र आशुतोष शर्मा, बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत सुदेश खाङ्गिगले तीन वटै स्थानका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन्।




































