२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालद्धारा पपुवा न्यूगिनी १५ रनले पराजित

663
shares

काठमाडौं । त्रिदेशीय टी-२० श्रृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको छ ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा अलआउट भयो ।पीएनजीका लागि नोर्मन भानुअले २९ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए । सेसे बाउले ३० रन बनाउँदा चार्ल्स अमिनीले २२ तथा लेगा सिएकाले २१ रन जोडे ।

पीएनजीका टोनी उरालाईले दोस्रो ओभरमै करण केसीले आउट गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सोमपाल कामीले अर्का ओपनर सिएकालाई तेस्रो ओभरमा आउट गरे ।अविनाश बोहराले छैटौं ओभरमा चार्ल्स अमिनीलाई बोल्ड गर्दा पीएनजीले पावर प्लेमा ५५ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

पीएनजीका कुनै पनि जोडीलाई नेपाली बलरले लामो साझेदारी गर्न दिएनन् । कप्तान असद भाला र सेसे बाउले चौथो विकेटका लागि बनाएको ३२ रनको साझेदारी नै पीएनजीको इनिङ्समा ठूलो साझेदारी बन्यो ।

कप्तान भालालाई नवौं ओभरमा कप्तान सन्दीपले करण केसीबाट क्याचआउट गराए । भालाले ७ रन जोडे । सन्दीपले नै सेसे बाउलाई ११औं ओभरको अन्तिम बलमा एलबीडब्लु धरापमा पार्दा पीएनजीले ९१ रनमा पाँचौ विकेट गुमायो । बाउले २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३० रन जोडे ।

अर्को ओभरमा अविनाशले रिले हेकुरेलाई सोमपाल कामीबाट क्याचआउट गराए । १३औं ओभरको अन्तिम बलमा सन्दीपले शून्य रनमै जासोन किलालाई एलबीडब्लु धरापमा पारे । पीएनजीले एक सय रनमै सात विकेट गुमाएको थियो ।

तर नोर्मन भानुअले चाड सपरसँग आठौं विकेटका लागि ६७ रनको साझेदारी गरे । भानुअ क्रिजमा हुँदासम्म पीएनजी जित नजिक देखिएको थियो ।

तर करणले एकै ओभरमा दुई विकेट लिँदै खेल मोडेका थिए । करण केसीले १९औं ओभरमा भानुअलाई एलबीडब्लु धरापमा पार्दै उक्त साझेदारी तोडेका थिए । पाँचौ बलमा भानुअलाई आउट गरेका करणले छैटौं बलमा सिमोन अटाईलाई दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए ।

दीपेन्द्रले बलिङ गरेको अन्तिम ओभरको दोस्रो बलमा कप्तान सन्दीपले अलेइ नाओलाई रनआउट गर्दै नेपालको जित सुनिश्चित पारे ।

बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले ३-३ विकेट लिए । यस्तै अविनाश बोहराले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

आक्रामक सुरुवात गरेको नेपालले तेस्रो ओभरमै विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेलले इनिङ्सको पहिलो बलमै छक्का प्रहार गर्दै नेपाललाई आक्रमक सुरुवात दिलाएका थिए । तर तेस्रो ओभरमा कुशल रनआउट भए । कुशलले ११ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २० रन बनाए ।

त्यसपछि अर्का ओपनर आसिफ शेख र रोहित कुमार पौडेलले नेपालको इनिङ्स अघि बढाए । यी दुईले ९ ओभरमा दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरे ।

आसिफ र रोहित क्रिजमा हुँदा नेपालले ठूलो स्कोर बनाउने सम्भावना देखिएको थियो । तर १२औं ओभरमा आसिफ आउट भएपछि नेपालले लगातार विकेट गुमाउन थाल्यो । आसिफले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए ।

आसिफसहित नेपालले लगातार ५ ओभरमा ५ विकेट गुमायो । अर्को ओभरमा रोहित पौडेल आउट भए । उनले २६ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३४ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी ४, कुशल मल्ल ११ र लोकेश बम ५ रनमा आउट भए ।

१६औं ओभरमा नेपालले विकेट गुमाउने श्रृङ्खला रोक्यो । उक्त ओभरमा करण केसीले नर्मन भानुअलाई २ छक्का प्रहार गरेका थिए । तर अर्को ओभरमा करण केसी ७ बलमा १४ रन बनाएर आउट भए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports