विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल बैंकको मोवाईल बैंकिङ र्माफत (BharatPe, Paytm, Google Pay  )लगायतका भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने

533
shares

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल(गेटवे पेमेन्ट सर्भिस प्रा.ली) संग सम्झौता गरेको छ ।उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल बैंकिङ Global Smart Plus प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत BharatPe, Paytm, Google Pay लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिने छ । उत्त सुविधाप्रदानगर्नको लागिसम्झौता पत्रमा ग्लोबल बैंकलेकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।

सेवा संचालनमा आए पश्चात, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमावारपार)भुक्तानी सम्भव हुनेछ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तै BharatPe, Paytm, Google Pay आदिबाट नेपालीर भारतीय व्यापारी बीच क्यूआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ । साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरुलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्ने छन् ।

त्यसैगरी, ग्राहकहरूले भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी सेवा प्रदायकहरुबाट ग्लोबल बैंकको खातामा रकम स्थानान्तरण गर्न पनि सक्ने छन। यसले क्रस बोर्डर रेमिट्यान्स व्यवसायलाई समेत बढावा दिनेछ ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल बैंकले सदैव अग्रसर रहि आएकोे छ ।

ग्लोबल बैंकले मुलुकभर २८९ शाखा, २५४ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैकले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports