२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह निर्वाचनमा गठबन्धन जरुरी : नेता रामचन्द्र पौडेल

754
shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्नुपर्ने बताएका छन् । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले गठबन्धन गरेर जानुपर्ने पक्षमा मत राखेका हुन् ।

कांग्रेस भित्र चुनावमा गठबन्धन गरेर जाने वा एक्लै प्रतिस्पर्धा गर्ने भन्नेमा मतभेद छ । सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् भने शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा छन् । पौडेलले भने गठबन्धन नगरी जाँदा नेकपा एमालेलाई फाइदा हुने भन्दै त्यो काम कांग्रेसले गर्न नहुने धारणा राखे । ‘ओलीलाई थप बलियो बनाउने कार्य कांग्रेसले गर्नहुन्न । बरु प्रचण्ड-माधवलाई अलिअलि मत थप्ने काम कांग्रेसले सहयोग गर्नुपर्छ’ बैठकमा पौडेलको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

बैठकमा पौडेलले भने, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई साथमा राखेर भए पनि ओलीलाई साइजमा राख्नुपर्छ ।’ सोमबारको बैठकमा सभापति देउवाले गठबन्धनको पक्षमा धारणा राखेका थिए भने नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगायतले गठबन्धन गर्न नहुने पक्षमा धारणा राखेका थिए । कांग्रेसको बैठक अब मंगलबार दिउँसो ३ बजे बस्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports