प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एपोनले ५०० एमजी सिटामोलको उत्पादन नरोक्ने स्पष्टीकरण दियो

611
shares

काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) ले ५०० एमजी सिटामोलको उत्पादन नरोक्ने स्पष्टीकरण दिएका छन् ।

संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी ६५० एमजीको सिटामोल उत्पादन गरे पनि नेपालमा ५०० एमजीको सिटामोल उत्पादन नरोकिने बताएका हुन् । औषधि सल्लाहकार समितिको हालै बसेको ५३औं बैठकले नेपालमा पनि ६५० एमजीको सिटामोल उत्पादन गर्ने र त्यसको मूल्य प्रति ट्याब्लेट दुई रुपैयाँ बनाउने निर्णय गरेको थियो ।

यसअघि ५०० एमजीको सिटामोल उत्पादन हुँदै आएकामा अब सिटामोलको डोज बढाएर जनस्वास्थ्य माथि नै खेलबाड गर्न खोजिएको भन्दै विरोध भएको थियो । तर औषधि उत्पादकले भनेका छन्, ‘‍‍‍‍‍…५०० एमजीको उत्पादन निरन्तर भई ६५० एमजीको पनि उत्पादन गर्नको लागि अनुमति प्रदान भएको हुँदा ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुने समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।’

त्यसैगरी, कोभिड-१९ महामारीमा नेपाल तथा विभिन्न राष्ट्रहरुमा चिकित्सकहरुले सिटामोल ६५० एमजी मात्र नभई एक हजार एमजी सम्मको डोज आवश्यक भएको बताएका भन्दै औषधि उत्पादकहरुले नेपालमा ६५० एमजी सिटामोलको उत्पादन गरेको तर्क गरेका छन् । तर, अध्ययन र क्लिनिकल परीक्षण बिना सिटामोलको मूल्य बढाउनका लागि डोज बढाइएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च, नेपाल फार्मेसी संघ लगायतका संस्थाले विरोध जनाएका छन्।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports