विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कतिमा खुल्दैछ साल्ट ट्रेडिङको कारोवार

754
shares

काटमाठौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर मूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरे सँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात कम्पनीको शेयरमूल्य ४ हजार ६८३ रुपैयाँ ६४ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार, कम्पनीको शेयर प्रतिकित्ता ५ हजार १५२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

साल्ट ट्रेडिङ्गले लाभांश पारित गर्न चैत ३० गते बिहान ११ बजे ५५ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफा बाट प्रस्तावित १० प्रतिशतका दरले हुन आउने २ करोड ३० लाख ४८ हजार रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ११ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यस्तै, कम्पनीले वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने र सञ्चालन नियुक्ती अनुमोदन समेत गर्नेछ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports