२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम सवारीलाई बिधुत सहित बैकल्पिक बनाउन छुट

1.12K
shares

काठमाडौं । सरकारले पेट्रोल तथा डिजेल सवारीलाई विद्युतीय वा अन्य वैकल्पिक इन्धन बाट चल्ने गाडीमा रुपान्तरण गर्न दिने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामुलक फेरबदल गर्न तीन वर्ष सम्मका लागि छुट दिने निर्णय गरको हो ।

यातायात व्यवस्था ऐनले सरकारको अनुमति नलिई सवारीमा पार्टपूर्जा बाहेक अन्य कुनै प्रकारको परिवर्तन गर्न नहुने व्यवस्था गरेको छ । ऐनको दफा ३१ को उपदफा १ मा सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ, सीट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नहुने उल्लेख छ । तर, विद्युतीय वा अन्य कुनै वातावरण मैत्री सवारीमा रुपान्तरण गर्न चाहानेका लागि यो व्यवस्थालाई तीन वर्षसम्मका लागि लागू हुने छैन ।

उपदफा २ मा यस्तो हेरफेर गर्नु परी स्वीकृति मागेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी त्यस्तो हेरफेर गर्न उपयुक्त हुने देखेमा हेरफेर गर्ने स्वीकृति दिन सक्ने उल्लेख छ । अब इन्धन प्रणालीलाई वातावरण मैत्री वा ऊर्जा दक्षता दक्षता मुलक बनाएर फेरदबल गर्न सक्ने व्यवस्था गरेको छ । यसले पेट्रोल तथा डिजेल गाडीहरुलाई विद्युतीय वा अन्य वैकल्पिक ग्यास बाट चल्ने सवारीमा रुपान्तरण गर्न प्रत्साहन मिल्ने सरकारको अपेक्षा छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार अनुमति लिएर इन्धन प्रणाली परिवर्तन गर्न सकिने व्यवस्था भएपनि अस्पष्टताका कारण यातायात कार्यालय बाट अनुमति जारी भइरहेको थिएन । ‘अब तीन वर्ष सम्म कसैले पेट्रोल र डिजेलको विकल्पमा वतावरण मैत्री इन्धन मार्फत चल्ने गरी सवारीमा हेरफेर गर्न चाहेमा अनुमति दिन बाधा पर्नेछैन,’ उनले भने,’ सवारी धनी वा सम्बन्धित कम्पनीले अनुमति भने लिनुपर्छ ।’

उनका अनुसार धरान नगरपालिकाले फोहोर मार्फत उत्पादन भएको ग्यासलाई प्रयोग गरेर सवारी चलाउन खोजेको छ । अब धरान नगरपालिकाले चाहेमा अन्य इन्धन प्रणालीका सवारीलाई ग्यास वा विद्युतीयमा परिवर्तन गर्न सकिने घिमिरेले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports