२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन

767
shares

 

काठमाडौँ । आज बसेको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको छ। समितिले आज मंगलबार श्रेष्ठको सुनुवाइ गर्दै उनलाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको हो।

सुनुवाइको क्रममा श्रेष्ठले सर्वोच्चमा ज्यादै समस्या आएको बताएका थिए । न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्ने उनले बताएका थिए ।

 

सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्छ। जसले न्यायाधीश र कर्मचारीको निगरानी अनुसन्धान र जाँच गर्छ।’ सर्वोच्चमा मुद्दा धेरै भएकोले गर्दा न्याय ढिलो भएको उनले धारणाउनले राखेका थिए।

‘बक्यौता नियन्त्रणका लागि कि न्यायाधीश संख्या बढाउनु पर्यो, कि कार्य समय बढाउन पर्‍यो’, उनले भने।मुद्दा संख्या घटाउनका लागि सबै मुद्दा सर्वोच्च आउने प्रवृत्ति रोक्न जरूरी रहेको बताउदै तल्ला अदालतको क्षेत्राधिकार बढाएर पनि सबै मुद्दा सर्वोच्च अदालतमा आइपुग्नबाट रोक्नुपर्ने धारणा उनले राखेका थिए ।

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports