विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पनि नेप्से सूचक १४.२६ अंकले तल झर्यो

611
shares

काठमाडौं । शेयर बजारमा लगातारको गिरावट सँगै लगानीकर्ताहरु तनावमा देखिन थालेका छन् । तेस्रो त्रैमासको व्याज र किस्ताका लागि शेयर बिक्री गर्नेहरु हाबी हुँदा बजार सुधार हुन नसकेको हो । बीमा समितिले क्यापिटल प्लान ल्याए पछि बजार सुधार हुने अपेक्षामा रहेका लगानीकर्ताहरु पनि अचम्ममा परेका छन् ।

बीमाको क्यापिटल प्लान सँगै बजार सुधार हुने अपेक्षामा शेयर खरिद गरेकाहरु अहिले लगभग नोक्सानमा छन् । बजार घट्यो अव किन्न बेला भयो भन्दै खरिद गर्नेहरुले पनि नोक्सान बेहोरिरहेका छन् । दिन दिनै बजार घट्न थाले पछि अल्पकालिन लगानीकर्ताले नोक्सानमै शेयर बिक्री गरिरहेका छन् । शेयर बजार २५ सयको विन्दु भन्दा तल झरेर सुधार हुने भन्दै उनिहरुले अहिले शेयर बिक्री गरेर अझै घटेपछि उठाउने दाउले पनि बजार माथि जान नसकेको हो । अर्को तर्फ बैंकिङ तरलता अझै सहज हुने संकेत देखिएको छैन । सरकारले पूँजीगत खर्च बढाउदै गर्दा पनि बैंकिङ प्रणालीमा पैसा आउन सकिरहेको छैन । यसले गर्दा अर्थमन्त्री देखि विश्लेषकहरु समेत पैसा सिस्टम भन्दा बाहिर गइरहेको विश्लेषण गरिरहेका छन्।

यहि कारणले आज पनि नेप्से सूचक १४.२६ अंकले तल झरेको छ । सूचक सँगै कारोबार रकम पनि एक अर्ब ७५ करोड रुपैयाँमा सिमित भएको छ । कारोबार खुलेको केहि समय पछि बजार सुधार हुने संकेत देखिएको थियो । तर बजार सुधार हुनुको सट्टा उल्टै घट्यो । आज होटल तथा पर्यटनको सूचक बाहेक सम्पुर्ण सूचक घटेका छन् । शेयर बजार घट्दा पनि तीन वटा कम्पनीको शेयर मूल्यमा भने सर्वाधिक धेरै बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । इमर्जिङ नेपाल, नेष्डो र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports