नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राहतको प्याकेजले खुसी ल्याएन

1.04K
shares

उत्तरी छिमेकी मुलुकबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा आज विश्व जगत नै आक्रान्त भएको छ । यस भाइरसले के धनी के गरिब सबै मुलुकलाई उत्तिकै आक्रान्त बनाएको छ । पछिल्लो समयमा भाइरस उत्पन्न भएको मुलुक चीनमा भने यसको प्रभाव केही घटेको जस्तो देखिएको भएपनि विश्वका अरु मुलुकहरुमा यसको प्रभाव दिन प्रतिदिन बढ्दै गएको छ । यस भाइरसबाट नेपाल समेत प्रभावित भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केपी ओली सरकारले विश्वभरमै फैलिएको भाइरसलाई नियन्त्रण गर्न केही कदमहरु चालेपनि अहिले त्यस्ता कदमहरु प्रभावहिन अवस्थामा देखिएको हुनाले जनता आक्रान्त भएका छन् । भाग्यवस अहिले सम्म यस भाइसरका कारण नेपालमा भने कोही नेपालीले ज्यान गुमाउनु परेको छैन । केही व्यक्तिहरुमा यो रोग लागेको भएपनि त्यस्तो रोगको नियन्त्रण गर्न सरकार लागि परेको छ ।

विश्वका विकसित देशहरुलाई समेत यस भाइरसले आक्रान्त बनाइरहेका बेला नेपालजस्तो गरिब र अल्पविकसित देशलाई यो भाइसर नियन्त्रण गर्न हम्मे हम्मे परेको छ । सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । लकडाउनका बेला जनताले देखाउनुपर्ने धैर्यता र विश्वासपूर्ण कदम उठाउनुपर्ने टड्कारो आवश्यता देखएिको छ । यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले समूहमा नगएर घरैमा बस्नु यसको सफल र सहज अचूक औषधी हो । अहिलेसम्म यस भाइरसको औषधी र खोप तयार भएको छैन । विश्वका धेरै देशहरुले यस भाइरसको औषधी र खोपका लागि दिन प्रतिदिन अनेक उपाएहरु गरिरहेका छन् । तर कुनै पनि देशलाई सफलता मिलेको छैन । अनेक प्रयासहरु भएका छन् । त्यस्ता प्रयासहरु सफल भएपनि यस भाइरसको औषधी र खोप तयार भएपनि त्यस्तो औषधी र खोप बजारमा आउन कम्तिमा ६ देखि ९ महिनासम्म लाग्न सक्ने अवस्था देखिएको छ । त्यसैले त्यसबेला सम्म विश्व जगत्ले ढुक्क भएर बस्ने अवस्था देखिँदैन ।

पछिल्लो समयमा भाइरसकै कारण विश्वका दशौं लाख जनताले रोजगारी गुमाएका छन् भने लाखौं व्यक्ति संक्रमित भएका छन् । त्यसैले गर्दा विश्वमा नै आर्थिक संकट आउन सक्ने सम्भावना समेत देखिएको छ । नेपाल पनि त्यसबाट अछुतो रहन सक्दैन । अहिले अकडाउनको अवस्था रहेकोले गर्दा दैनिक रोजगारी गरेर परिवार पाल्ने आम नेपाली जनता संकटमा परेका छन् । गाउँ गाउँबाट रोजगारी खोज्न काठमाडौ आएका व्यक्तिहरु रोजगारविहिन भएकाले उनीहरुको घरको चुल्हो बन्द भएको छ भने बजारमा प्रत्येक सामानको मूल्य बृद्धि भएका कारण सिमित आयस्रोत भएका व्यक्तिहरु छटपटाउन थालेका छन् । त्यसैले यस्तो संकटपूर्ण अवस्थामा आफ्ना नागरिकहरुको जिऊ धनको सुरक्षा गर्ने दायित्व समेत सरकारको भएको हुनाले सरकारले अब कुनै विलम्ब नगरी जनताको लागि पुन राहत प्याकेज ल्याउनुपर्ने आवश्यकता देखिन्छ । एकातिर जनता कोरोना भाइरसको मारमा परेका छन् भन अर्कोतिर खान नपाएर मर्नुपर्ने अवस्था नहोस् भनेर सरकार सतर्क रहनुपर्ने अवस्था देखिएको छ त्यसैले तत्काल सरकारले राहत प्याकेज ल्याउनुपर्दछ ।

मुलुक संकटमा परेको बेला केही काला व्यापारीहरु र नाफाखेराहरु चलबलाउन थालेका छन् । प्रत्येक सामानको मूल्यबृद्धि गरिएको छ । सामान हुँदाहुँद नभएको बहानाबाजी गरेर उपभोक्ताहरुलाई ठग्ने काम भएकाले तत्काल त्यस्ता व्यापारी र उद्योगपतिहरुलाई कारबाही गरिनु आवश्यक छ । कोरोना भाइरसका कारण सरकारले सरकारी अस्पतालहरुको ओपिडी बन्द गरेको हुनाले कोरोना भाइरसका बाहेकका अन्य विरामीहरु मारमा परेका छन् । काठमाडौ मै ज्वरो आएका व्यक्तिहरुले उपचार पाउन सकेका छैनन् भने उपत्यका बाहिरको अवस्था कस्तो होला ? मुलुकभरमा नाफाका लागि खोलिएको निजी अस्पतालहरुले ज्वरो आएका र रुघा खोकी लागेका व्यक्तिहरुको उपचार गर्न छाडेका छन् । सरकारी अस्पतालहरुले ज्वरो आएका र रुघा खोकी लागेका व्यक्तिहरुको उपचार गर्न छाडेका छन् । सरकारी अस्पतालहरुले समेत त्यस्तै गरेका हुनाले ज्वरो र रुघाखोकी लागेका व्यक्तिहरुको उपचार गर्न अस्वीकार गर्ने निजी अस्पतालहरुलाई सरकारले आफ्नो नियन्त्रणमा लिएर उपचारको व्यवस्था मिलाउन सक्नुपर्दछ ।

निजी अस्पतलाहरु मुलुक सहज अवस्थामा रहँदा जनतासँग रकम लुटिरहने तर संकटपूर्ण अवस्थामा उपचार नगर्ने भन्ने हुँदैन, यति त्यस्ता अस्पतालहरुले उपचार गर्न अस्वीकार गरेको खण्डमा त्यस्ता अस्पतालहरुलाई सरकारले राष्ट्रियकरण गर्न सक्नुपर्दछ । कोरोना भाइरसको उपचार गर्न अस्वीकार गर्ने स्पेनका सबै निजी अस्पतालहरु स्पेन सरकारले राष्ट्रियकरण गरेको छ । त्यहाँ राष्ट्रिय करण गर्न सम्भव छ भने हामी कहाँ किन असम्भव त ? पछिल्लो समयमा कोरोना भाइरसलाई देखाएर भ्रष्टाचार गर्ने प्रवृत्ति समेत बढेको हुनाले धमिलो पानीमा माछा मार्ने प्रयास गर्ने जोसुकै भएपनि तिनीहरुलाई कारबाही गर्न पछि पर्नु हुँदैन भन्ने हाम्रो धारणा रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports