प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी ।

572
shares

काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतिस्पर्धा बाट चार हजार जना माग भएको हो।

निर्देशनालयले आज गोरखापत्रमा सूचना निकालेर विभिन्न गणका लागि सैन्य पदमा आवेदन खुला गरेको छ। चार हजार मध्ये खुला तर्फ दुई हजार ९८ जना माग गर्दै दरखास्त माग भएको छ भने अरू समावेशी तर्फ मागेको छ।

आज देखि वैशाख १६ गते सम्म दरखास्त दिन सकिन्छ।देशका विभिन्न भर्ना केन्द्र बाट दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ।फारम बुझाउँदा १५० दस्तुर लाग्नेछ।

८ कक्षा पास गरेकाले पनि दरखास्त दिन पाउनेछन्। पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने महिलाका लागि न्युनतम ५ फिट हुनुपर्नेछ। १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकोले दरखास्त दिन पाउनेछन्। परीक्षा भने जेठ ५ गते हुनेछ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports