प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालुवाटारमा सत्ता गठबन्धनको बैठक, आज केही महत्वपूर्ण निर्णय हुने

598
shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। स्थानीय तह निर्वाचन तयारी, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक घटनाक्रम बारे कुराकानी गर्न गठबन्धन बैठक बस्ने तय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। ‘आज बिहान ११ बजेका लागि गठबन्धन बैठक बोलाइएको हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो। प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन्। यस्तै बैठकमा चुनावी तालमेल बारे कुराकानी गर्ने तयारी छ।

नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधार सत्तारूढ गठबन्धनका दलहरू सँग तालमेल गरेर जाने निर्णय केन्द्रीय समिति बाट गरेको थियो। त्यसपछि पहिलो पटक आज गठबन्धन बैठक बस्न लागेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई चुनाव सम्म कायमै राख्ने बताइरहेका छन्।

आजको बैठकमा महानगरहरूमा कहाँ कसले लिने भन्नेमा प्रारम्भिक छलफल गर्ने तयारी रहेको स्रोतले जनाएको छ। वैशाख ३० मा चुनाव हुने भएकोले अहिले देखि नै कहाँ कसले उम्मेदवारी दिने टुंग्याएर प्रचारप्रचारमा जाने तयारी छ। माओवादी अध्यक्ष प्रचण्डले बुधबार चितवन पुगेर भरतपुरको मेयरमा पार्टीको दाबी रहेको बताइसकेका छन्। भरतपुरमा यसपालि कांग्रेसले आफूले नछाड्ने बताइरहेको छ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports