प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय निर्वाचनमा सुदूरपश्चिममा तालमेल हुन प्रदेश सरकारमा कांग्रेसको सहभागिता अनिवार्य हुनु पर्ने माग उठ्यो बैठकमा

715
shares

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा तालमेल हुन प्रदेश सरकारमा कांग्रेसको सहभागिता अनिवार्य हुनु पर्ने माग कांग्रेस बैठकमा उठेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिमा केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम सरकारमा सहभागी हुनु पर्ने कुरा उठाएका हुन् ।प्रदेश सरकारमा कांग्रेसको सहभागिता नरहे सुदूरपश्चिममा तालमेल कठिन हुने उनको जिकिर छ । चुनावी प्रचारप्रचारका लागि कञ्चनपुरमा तोकिएका महरले बैठकमा राखेको विषय उल्लेख गर्दै भने, ‘६ वटा प्रदेशमा गठबन्धनको सरकार बन्ने तर सुदूरपश्चिम सरकारमा कांग्रेस किन नहुने ?’

सुदूरपश्चिमका कांग्रेस सांसदले केन्द्रीय नेतृत्वलाई सरकारमा सहभागिताको वातावरण बनाउन आग्रह गरे पनि कार्यान्वयन हुन सकेको छैन । गठबन्धनको संस्कृति अगाडि बढाउनका लागि पनि सुदूरपश्चिममा गठबन्धन सरकार निर्माण गर्नुपर्ने अनिवार्य सर्त रहेको नेता महरले बताए । केन्द्रीय परिचालन समितिले बुधबार पूर्णता पाएको थियो । परिचालन समितिले पूर्णता पाए सँगै बिहीबारका लागि बैठक डाकिएको हो । ५५ सदस्यीय समितिका ४८ जना बिहीबारको बैठकमा सहभागी भएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports