विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अख्तियारले लिखु तामाकोशी गाउँपालिका अध्यक्ष सहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्यो

754
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा चार करोड २१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईं सहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको वडा नं १, ४ र ५ मा आर्थिक वर्ष २०७४ र ०७५ र ०७५र०७६ मा विद्युतीकरण गर्दा आफूहरुलाई गैरकानुनी लाभ पुग्ने र सरकारी रकममा हानिनोक्सानी पुर्‍याउने बदनियत राखेर अनुभव र कार्यक्षमता नभएका उपभोक्ता समितिहरु सँग विद्युतीकरण जस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गरेको अख्तियारले आरोप लगाएको छ ।

अख्तियारले गाउँपालिकाका अध्यक्ष खड्का विरुद्ध चार करोड २१ लाख रुपैयाँ विगो मागदावी गरेको छ । गाउँपालिका अध्यक्ष खड्का सँगै तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईं, तत्कालिन लेखापाल दुर्गाबहादुर डिम्दोङ, उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगर विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै अर्को उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङ, अर्को उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवार विरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै पाइक कन्स्ट्रक्सन प्रालिका सञ्चालक अमृतबहादुर तामाङ रुम्बा, वडा नम्बर १ को विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष काजीबाबु थापा, कोषाध्यक्ष तारा गुरुङ र सचिव यज्ञराज सुनुवार, वडा नम्बर १ कै उपभोक्ता समितिका अध्यक्ष वुद्धिबहादुर तामाङ, कोषाध्यक्ष मेनुका खड्का र सचिव अस्मिन रोका, अर्को उपभोक्ता समितिका अध्यक्ष प्रचण्ड सुनुवार, कोषाध्यक्ष घन्टिका देवी सुनुवार र सचिव क्याल्बु लामा विरुद्ध पनि विशेष अदालतमा मुद्दा परेको छ ।

अख्तियारले वडा नम्बर १ कै अर्को उपभोक्ता समितिका अध्यक्ष अशोककुमार सुनुवार कोषाध्यक्ष दिलमाया थापा र सचिव प्रकाश सुनुवार र गाउँपालिका कार्यालयका तत्कालिन लेखापाल नोर्बु लामा विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports