विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वसांसद मञ्च नेपालले स्थानीय निर्वाचनमा निष्पक्ष र धाँधलि रहित मतदान गराउन माग गरे

650
shares

काठमाडौं । पूर्वसांसद मञ्च नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलि रहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकार सँग माग गरेको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व सांसद मञ्च नेपालले सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँदलि रहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकार सँग माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व सांसद मञ्च, नेपालका महासचिव शकरनाथ शर्मा अधिकारीले पेट्रोलियम पदार्थ, निर्माण सामग्री, दैनिक उपभोग्य सामग्री लगायतका वस्तुहरुको मूल्य दिन प्रतिदिन बढ्दै जाँदा विकास निर्माणका काम ठप्प भएको, जनता मूल्य वृद्धिको मारमा पिल्सिएको र मजदुरहरुको रोजिरोटी गुम्ने सम्भावना रहेको भन्दै तत्काल मूल्यवृद्धि रोक्न माग गरे ।

उनले पछिल्लो समय कतिपय स्थानमा विद्युतको अघोषित नाकाबन्दी भइरहेको चर्को मूल्यमा विद्युत खरिद्का कारण जनताहरु त्रस्त भएको बताए । महासचिव अधिकारीले लोडसेडिङको सम्भावना देखिरहेको भन्दै लोडसेडिङ नहुने व्यवस्था मिलाउन पनि सरकार सँग माग गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports