विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थ मन्त्रालयले बजेटमा दुरदराजका जनताको सुझाब संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्यायो

598
shares

काठमाण्डौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको छ ।

आगामी आबको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले बिषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधि बाहेक दुरदराजका सर्वसाधारणको सुझाव समेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको हो । मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफुलाई लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै मन्त्रालयको वेभसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लीक गरेर पनि सुझाव पेश गर्न सक्ने व्यवस्था गरिएको छ भने इमेल मार्फत (budgetsuggestion@mof.gov.np) सुझाव पेश गर्न सकिने व्यवस्था पनि गरिएको अर्थमन्त्रालयले जनाएको छ । बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयन योग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजिवी, राजनीतिज्ञ, समाजसेवी, पेशाकर्मी, संचारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक बिषयबस्तुहरु चैत मसान्त भित्र लिखित वा मौखिक (टेलिफोन) रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले अहिले कृषि, शिक्षा, बंैक, बित्तीय संस्था तथा बिमा क्षेत्र, निजी क्षेत्र, अर्थबिद्लगायत सँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिसकेको छ । मन्त्रालयले हप्तामा दुई वटा सम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधि बाट बजेटबारे सुझाव संकलन गरिरहेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports