विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भण्डार गरिएको तेल निकाल्न अमेरिकी राष्ट्रपतिको आदेश

637
shares

काठमाडौं । रुस–युक्रेन युद्धको प्रभाव संसारभर पर्न थालेको छ । विशेषगरी तेल आपूर्तिमा समस्या आएपछि युरोप र अमेरिकामा उर्जा संकट देखिन थालेको छ ।

यसैबेला अमेरिकी राष्ट्रपति जो बाइडनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरू बाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन् । आउँदो ६ महिनामा १८ करोड ब्यारल सम्म तेल निकालिने बताइएको छ, जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च हो । बीबीसीले जनाएअनुसार युक्रेनमा जारी युद्धले सिर्जना गरेको आपूर्ति संकटमाझ राष्ट्रपति बाइडनको पछिल्लो आदेश पछि तेलको मूल्य घटेको छ । तर, विश्लेषकहरूले दैनिक १० लाख ब्यारल जति तेल निकालेर ऊर्जा संकट समाधान नहुने बताएका छन् ।

यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने बीबीसीका एक पत्रकारकले बताएका छन् । तर राष्ट्रपति बाइडनले अमेरिकी तेल आपूर्ति बढाउन थप कदमहरू चालिने बाचा गरेको पनि बताइएको छ । यस वर्षको अन्त्यसम्म आन्तरिक उत्पादन बढ्नुअघि पछिल्लो कदमले एउटा सेतुको रूपमा काम गर्ने उनको भनाइ छ । रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो ।

वेस्ट टेक्सस इन्टरमिडिएट ७ प्रतिसतले झरेर प्रतिब्यारल १०० डलर पुगेको थियो । त्यस्तै ब्रेन्ट क्रुड झण्डै ५.४ प्रतिसतले झरेर १०७ डलर पुगेको थियो । ऊर्जाको बढ्दो मूल्य अमेरिका सहित अहिले संसार भर एउटा राजनीतिक मुद्दा बनेको छ । अमेरिकामा नोभेम्बरमा संघीय संसदको चुनाव हुँदैछ ।

अमेरिकी भण्डारहरूमा कति तेल छ ?

अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार सन् १९७० को दशकको ऊर्जा संकट लगत्तै सिर्जना गरिएको हो । ती भण्डारहरू टेक्सस र लुइजियाना राज्यको जमिनमुन्तिर अवस्थित नुनिला विशाल गुफाहरूमा छन् ।

ती भण्डारमा २५ मार्च सम्मको विवरण अनुसार ५६.८ करोड ब्यारल तेल रहेको छ, जहाँ सन् २००९ ताका सबैभन्दा उच्च ७० करोड ब्यारल पुगेको थियो । अन्तर्राष्ट्रिय ऊर्जा निकायले विश्वभरि यो वर्ष दैनिक १० करोड ब्यारल पेट्रोलियम र तरल इन्धनहरू खपत हुने प्रक्षेपण गरेको छ । (बीबीसी)

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports