नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालुवा, गिट्टी बेचेर मुलुक समृद्ध हुन सकिदैन : प्रदेश मुख्यमन्त्री

546
shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कार्यान्वयन गर्ने निकाय हुँदाहुँदै पनि दैनिक चुरे दोहन भइरहेको बताएका छन् । चुरे दोहन गर्ने माथि कार्वाही नगरिएको उनको भनाई छ ।

शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले चुरे दोहनमा प्रयोग हुँदै आएका स्काभेटर, टिपर सहितका उपकरण नियन्त्रणमा लिनुपर्नेमा नलिइएको बताए । बालुवा, गिट्टी निकासीमा सरकारले रोक लगाए पनि मधेश प्रदेशमा बिना रोकटोक निकासी भइरहकेो उनले बताए । उनले भने, ‘चुरे दोहन रोक्‍न सरकारले नीति नियम बनाउने हो’ उनले भने, ‘तर, कार्यान्वयन गर्ने निकाय नै इमान्दार भएन ।’

बालुवा, गिट्टी बेचेर मुलुक समृद्ध हुन नसक्ने बताउँदै उनले तत्काल यो कार्य रोक्नुपर्नेमा जोड् दिए । चुरे दोहन भइरहँदा जलवायु परिवर्तनको प्रभाव देखिनु स्वभाविक रहेको भन्दै उनले चुरे दोहन, वन फडानी, बालुवा गिट्टी उत्खनन् कार्य तत्काल बन्द गराउन सुरक्षा निकाय थप सशक्त रुपमा लाग्नुपर्ने बताए । मुख्यमन्त्री राउतले नीति निर्माण तहमा अझै महिलाको प्रतिनिधित्व हुन नसकेको बताउँदै शिक्षा, आर्थिक र राजनीतिमा महिलाको प्रतिनिधित्व नभए सम्म समस्या रहिरहने बताए ।

पितृसत्तात्मक समाजले गर्दा महिला विभेदमा परेको स्वीकार्दै उनले छोरालाई घुम्ने, खेल्ने छुट दिएपनि छोरीलाई अझै दायरामा राखिएको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports