विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय आयल कर्पोरेसन बाट नयाँ मूल्य सूची आयो

1.03K
shares

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार भारतीय आयल कर्पोरेसन बाट नयाँ मूल्य सूची पाएको छ । निगमले आईओसी सँग तेल किन्ने मूल्य डिजेलमा प्रतिलिटर २ पैसा, मट्टितेलमा २२.१९ रुपैयाँ र हवाई इन्धनमा ४.२३ ले मूल्य बढेको छ । एलपी ग्याँस प्रति सिलिण्डर २७३.३८ रुपैयाँले महँगिएर आएको छ ।

निगमका अनुसार पेट्रोल भने प्रति लिटर १.४६ रुपैयाँले घटेर आएको छ । यो मूल्य सूची अनुसार अहिलेकै बिक्री मूल्य अनुसार १५ दिनमा ५ अर्ब २१ करोड घाटा हुने निगमले जानकारी दिएको छ । निगमलाई अब पेट्रोलमा प्रतिलिटर २७.०७ रुपैयाँ र डिजेलमा ३२.२७ रुपैयाँ घाटा पुगेको छ । मट्टितेलमा प्रतिलिटर १.९९ रुपैयाँ, अन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १२.८४ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिलिटर ६१ रुपैयाँ नाफा छ । एलपी ग्याँसमा प्रतिसिलिन्डर ९५३ रुपैयाँ घाटा हुनेछ ।

चालू आर्थिक वर्ष २०७८/७९ को हालसम्म निगमले करीब रू. ३२ अर्ब नोक्सानी व्यहोरी सकेको छ निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । ‘निगमलाई प्रति महिना करीब रू.१० अर्ब भन्दा बढी नोक्सानी हुने स्थिति छ,’ प्रेश विज्ञप्तिमा भनिएको छ ।

निगमको सञ्चिति रकम र अन्य दायित्व रकमहरू सबै पेट्रोलियम पदार्थको खरिदमा सकिए पछि निगमले नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरीकरण कोष तथा इन्धन बिक्री बाट प्राप्त रकम संकलन गरी इन्डियन आयल कर्पोरेसनलाई पेट्रोलियम पदार्थ खरिद वापतको रकम भुक्तानी गरिरहेको छ ।

‘हाल निगमको विकास निर्माणका नयाँ कामहरु सबै स्थगित गर्ने सोचमा रहेको निगमले पेट्रोलियम पदार्थ खरिदवापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइराख्न आगामी दिनहरूमा निगमलाई अत्यन्त कठिन हुने देखिन्छ’ निगमले भनेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports