विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

इटहरी बम विष्फोट आरोपमा हिमाल सुरक्षा परिषद्का अध्यक्ष सहित चार जना पक्राउ

520
shares

विराटनगर । सुनसरीको इटहरीको एक घरमा बम विष्फोट भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले हिमाल सुरक्षा परिषद्का अध्यक्ष सहित चार जनालाई पक्राउ गरेको छ ।गत सोमबार राति इटहरी उपमहानगरपालिका– २ का अमिर श्रेष्ठको घरमा डेरागरी बस्ने लक्ष्मी थापाको कोठामा बम विष्फोट भएको थियो । विष्फोट हुँदा सोही स्थान बस्ने रविन थापा र लमजुङका शेरजङ गुरुङ घाइते भएका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले भूमिगत गतिविधि गरिरहेको समूहका अध्यक्ष सहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घाइते युवक पनि छन् । सुनुसरीका प्रहरी उपरीक्षक सञ्जय थापाका अनुसार बम विष्फोटमा घाइते भएका इटहरी– २ का २० वर्षीय रविन, लमजुङको ढोडेनी गाउँपालिका– ७ का २३ वर्षीय शेरजंग, इटहरी २ कै लक्ष्मीदेवी थापा र झापाको कनकलाई नगरपालिका– ८ का ४३ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल पक्राउ परेका हुन् ।

खरेल हिमाल सुरक्षा परिषदका अध्यक्ष हुन् । उनी माथि झापाको विर्तामोड र दमकमा बम राखेको आरोप छ । खरेल २०७६ वैशाख २८ गते ‘गोर्खा जनमुक्ती पार्टी’को नाममा झापाको कनकाई नदी पुलमा बम राखेको आरोपमा पक्राउ परेका थिए । विष्फोटक पदार्थ तथा संगठित अपराध कसुरमा २ वर्ष पाँच महिना कैदपछि झापा कारागार बाट छुटे लगतै हिमाल सुरक्षा परिषद्मा आवद्ध भएको प्रहरीको दाबी छ ।

प्रहरी उपरीक्षक थापाका अनुसार खरेल सहितको समूहले परिषद् स्थापना गरेर आतंक सृजना गर्ने योजना बनाएको थियो । ‘बम मिस ह्यान्डलिङ भएर कोठामै पड्किएको देखिन्छ,’ उनले भने,‘ यिनीहरुको उद्देश्य भने बजारमा पड्काउने थियो ।’ उनका अनुसार लक्ष्मी थापा र रविन थापा आमा छोरा हुन् । उनको कोठा बाट ‘कङग्रुएन्ट फ्रन्ट अफ नेपाल’ (कफन) र हिमाल सुरक्षा परिषद्को प्रचार सामग्री भेटिएको थियो । थापाको कोठामा कफनको सदस्यता रसिद पनि बरामद भएको छ । कफन र परिषद् दुवै चन्दा आतंक सृजना गर्नका लागि गठन गरेको प्रहरीको दाबी छ । दुवै समूहमा आवद्ध भएकाहरुको विषयमा अनुसन्धान भइरहेको थापाले बताए ।

बिहीबार झापा बाट पक्राउ परेका खरेलको साथबाट हिमाल सुरक्षा परिषद् केन्द्रीय कमिटीको छाप, परिषद्कै इञ्चार्जको छाप, लेटरप्याड लगायतको सामग्री फेला परेको थियो ।परिषद्ले हिन्दुराष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो । परिषद्ले संघीयता खारेज, हिन्दुराष्ट घोषणा, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सिमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेज लगायतको माग सहित संघर्ष सुरु गरेको बताएको थियो ।

परिषद्ले झापाको बिर्तामोड र दमकमा बम आतंक सृजना गरेको थियो । गत माघ ९ गते बिर्तामोडको पश्चिम बसपार्क र माघ १३ गते दमक– ५ मा रहेको एक चर्चको गेटमा शंकास्पद बस्तुसँगै परिषद्को पर्चा फेला परेको थियो । सो घटनामा संलग्न भएको आरोपमा झापा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो । केन्द्रीय अध्यक्ष खरेल भने फरार थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports