विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देउवा र मोदी बीच आज भेटवार्ता

611
shares

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दै छन् । आज दुई पक्ष बीच प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ । प्रधानमन्त्री मोदीले आफ्ना समकक्षीको सम्मानमा दिवा भोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्री देउवा र भारतका मोदी नेतृत्वको प्रतिनिधिमण्डल स्तरीय वार्ता पछि शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेछ । वार्ता पछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगति बारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यम बाट जानकारी लिने कार्यक्रम छ।

नेपाली राजदूतावासमा शुक्रबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारत बीच केही नयाँ सम्झौतापत्रहरू पनि आदान प्रदान हुने जानकारी दिएका थिए । नेपाल र भारत बीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनले बताए । आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports