विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आजको मौसम, केही स्थानमा चट्याङ सहित पानी पर्ने सम्भावना

572
shares

काठमाडौं । हाल देशमा भारतको बिहार देखि बङ्गालको खाडी सम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १,बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। आईतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports