सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीको अश्रुग्यासले फड्को मा¥यो

494
shares

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक द्वन्द्व केही समयको लागि साभ्य भएको जस्तो देखिएको छ । सत्ताधारी दलभित्रको द्वन्द्वले गर्दा मुलुक नै संकटमा परेको थियो । मुलुक कोरोना भाइरसले आक्रान्त भइरहेको बेला सबै राजनीतिक दल र सरकार मिलेर कोरोना भाइरसको विरुद्ध लड्नुपर्ने बेलामा आपसी द्वन्द्वमा पार्टी फस्नु मुलुककै लागि दुर्भाग्यको विषय हो ।

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले अब उप्रान्त दुवै अध्यक्ष मिलेर जाने र पार्टीको निर्देशन अनुसार नै सरकार सञ्चालन हुने निर्णयमा प्रधानमन्त्री पुग्नु भएको हो भने त्यो खुसीको कुरा हो । तर आफ्ना विरोधीहरुलई केही समयका लागि साम्य पार्न त्यस्तो अभिव्यक्ति दिएका हुन् भने त्यो स्वयम् प्रधानमन्त्री ओलीकै लागि मात्र नभएर पार्टीकै लागि घातक सावित हुन सक्छ । प्रधानमन्त्री ओलीले सचिवालयको बैठकमै पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका छन् । प्रधानमन्त्रीको त्यस्तो आश्वासनलाई सचिवालयले अनुमोदन गरेपनि उपयुक्त समयमा भनिएको छ । उपयुक्त समय भनेको कहिले हो ? गौतम गएको प्रतिनिधिसभामा चुनाव हारेका व्यक्ति भएकाले उनलाई प्रधानमन्त्री नै बनाउनुपर्ने आवश्यकता सचिवालय बैठकले किन महसुस ग¥यो ?

बैशाख १७ गते बसेको पार्टीको सचिवालय बैठकमा गौतम सहितका अन्य केही नेताहरुले प्रधानमन्त्री ओलीको अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिन माग गरेका थिए तर वैशाख २० गते बसेको बैठकले त्यस्तो माग गर्न सकेन । दुवै अध्यक्षले आत्मालोचना गरेका हुनाले अब समस्याको समाधान भयो भनिएता पनि पार्टीका अर्का नेता माधव नेपालले भने त्यसमा आशंका गरेका छन् । पार्टीका दुवै अध्यक्ष मिलेर आफूलाई कुनामा पु¥याउने नेता नेपालको आशंका रहेको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई सोधेका थिए रे तपाईले किन वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको भनेर । दाहालको कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले भनेका थिए रे तपाईहरुले ढुँगा हानेपछि मैले प्रतिउत्तरमा अश्रुग्याँस फ्याकेँेको हुँ भाग्ने कि प्रतिउत्तरमा मलाई नै अश्रुग्यास हान्ने तपाईहरुको कुरा भनेर दाहाललाई जवाफ दिएका थिए रे । त्यहि गौतम अश्रुग्यासले गर्दा वामदेव गौतम ओली पक्षमा गएकाले सचिवालयमा ओली बहुमतमा रहेकाले गर्दा दाहाल, नेपालले प्रधानमन्त्रीको राजिनामा माग्ने कार्यलाई अवरोध पुगेको छ । पहिला दाहाल नेपाल पक्षमा रहेका गौतम प्रधानमन्त्रीको अश्रुग्याँसपछि ओली पक्षमा गएकाले दाहाल पनि अन्तिम समयमा नाटकीय पारामा परिवर्तन भएका थिए । यसरी विभाजनको मुखमा पुगेको सत्ताधारी पार्टी अहिलेका लागि विभाजन हुनबाट बचेको भएपनि त्यो दिगो हुन सक्ने सम्भावना न्यून रहेको सत्ताधारी दलकै नेताहरुले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports