निर्वाचन आयोगले आचारसंहिता पालनामा प्रतिबद्धता गराउन ७९ दललाई बोलायो
वि.सं.२०७८ चैत २२ मंगलवार १०:०९
shares

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन लगाउँदै छ ।
त्यसका लागि स्थानीय तह निर्वाचनमा भाग लिने ७९ दलका प्रतिनिधिहरुलाई आज बिहान साढे ११ बजे देखि निर्वाचन आयोगमा बोलाइएको छ ।
निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलका अनुसार राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिता बारे जानकारी गराउने र ती आचार संहिता पालना गर्नेछौं भनेर लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाइने छ ।






































