kumari
stcnepal

आज ४६ अंकले घट्यो नेप्से, कारोबार रकम भने २ अर्ब ६७ करोड

नेपाल राष्ट्र बैंकले विलासीताका वस्तुहरुको आयात निरुत्साहनका लागि प्रतितपत्र नखोल्न निर्देशन दिएको भोलिपल्टको सेयर बजारमा उच्च गिरावट आएको छ । केन्द्रीय बैंकले सिडी रेसीयो ९० प्रतिशत माथि पुगेका बैंकहरुलाई कर्जा विस्तार गर्न रोक लगाएकाले पनि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो ।

पछिल्ला केहि दिन यता दैनिक दोहोरो अंकले घट्ने क्रममा रहेको सेयर बजार पछिल्लो चार कारोबार दिनमा मात्रै ११७ अंकले तल झरेको छ । मंगलबार साढे ४६ अंकले ओरालो लागेको हो । मंगलबारको सेयर बजार ४६.४६ अंकले घटेर २४५२.०६ बिन्दुमा झरेकोे छ । बजार उच्च अंकले घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार १ अर्ब ७५ करोड कारोबार भएकोमा मंगलबार २ अर्ब ६७ करोड पुगेको छ ।

आजको बजारमा राष्ट्र उत्थान र नेष्डो लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जाल्पा लघुवित्तको ६.०७ प्रतिशत र युनिलिभर नेपालको ३.२३ प्रतिशतले बढेको छ। यस्तै इमर्जिङ्ग नेपालको शेयरमूल्य सबै भन्दा धेरै १० प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ६.३७ प्रतिशत, युनाइटेड इदि मर्दी ६.०१ प्रतिशत, जनरल इन्स्योरेन्सको ५.६९ प्रतिशत र एनटिसिको ४.७० प्रतिशतले घटेको छ।

यसदिन हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै ९ करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कम्पनीको मूल्य १.२९ प्रतिशत घटेको छ। नबिल बैंक र नेपाल लाइफको ८/ ८ करोड रुपैयाँ अधिकको सेयर कारोबार भयो। सूर्या लाइफ इन्स्योरेन्सको ७ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच हुँदा मगलबार अरुण भ्यालीको ६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ।

 

 

 

footer