तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घन्टे स्पष्टीकरण सोद्यो

481
shares

काठमाडौं – प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौं फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाज भित्रै बाट टेलिभिजनमा लाइभ चलाएका थिए।

प्राइम टाइम्स टेलिभिजनमा गरिएको उक्त लाइभमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दा खोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए। सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादा विपरीत कार्य गरेको स्वअनुगमन बाट पाइएपछि धमलालाई स्पष्टीकरण सोधेको काउन्सिलले जनाएको छ।

धमलाले यसअघि नेपाल बार एसोसिएसनको बैठक स्थलमा अनुमति बेगर प्रवेश गरी प्रत्यक्ष प्रसारण गर्ने प्रयास गरेका थिए। उनको त्यो कार्यको आलोचना भएको थियो। धमला पटक-पटक विवादमा आइरहन्छन्। धमलाका टेलिभिजन अन्तर्वार्ताहरू पत्रकारिताको मर्म र भावना विपरीत हुने गरेको आरोप लाग्ने गरेको छ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports