तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत समावेश गर्ने अभियान सुरु

559
shares

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचिमा सूचिकृत समावेश गर्ने अभियान सुरु गरेको छ । मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचिमा समावेश हुनेगरी अभियान सुरु गरिएको जानकारी दिएका हुन् ।

मंगलबार काठमाडौं भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी उहाँले त्यसलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि आगामी वैशाख ३० गते देखि बैशाख २ गते सम्म हुने सो जात्राको प्रसारप्रचारको काममा सहयोग गरीदिन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरुलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको पनि बताए । सम्बन्धित सबै पक्षले यस जात्राको प्रवर्द्धनमा सहयोग गरे विश्व सम्पदा सूचिमा समावेश गराउन सहज हुने मेयर श्रेष्ठको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रका सबै जात्राहरुको ऐतिहासिक महत्वबारे नयाँ पिँढीलाई जानकारी दिन पनि सबै जात्राहरुको प्रवर्द्धन गर्ने अभियान संचालन गर्नुपर्ने अवस्था आएको बताए । उनले ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको प्रवर्द्धनले पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे । कार्यक्रममा बिस्का जात्राको फोटो समेत प्रर्दशनी गरिएको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports