तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः आन्दोलन सुरू

806
shares

काठमाडौं । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः आन्दोलन सुरू भएको छ । शनिबार देखि घोपा बचाउ अभियानको नाममा आन्दोलन हुन थालेको छ । यसअघि शुद्धीकरणको माग राखेर प्रतिष्ठानमा लामो समय सम्म आन्दोलन गरेपछि सरकारले त्यहाँको समस्या समाधान गर्न स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।

समितिले प्रतिष्ठानमा भएको विवाद अध्ययन गरी सुशासन, पारदर्शिता र यसअघिका अनियमिततामा संलग्न भएको भन्दै पदाधिकारीहरूलाई कारबाहीको सिफारिस गरेको थियो । तर, उक्त समितिको सिफारिस अनुसार सरकारले विवादित पदाधिकारीहरूलाई हटाउन सकेको छैन । सरकारले प्रतिष्ठानको सिनेट बैठक बाट पदाधिकारीलाई हटाउन खोजे पनि सर्वोच्च अदालत बाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि रोकिएको थियो । अहिले ‘हामी नेपाल’ नामक अभियानको आह्वानमा शनिबार देखि घोपा बचाउ आन्दोलन सुरू भएको हो ।

‘हामी नेपाल’ अभियानका तीन जना अहिले धरान पुगेर अस्पताल बचाउनको लागि युवाहरुलाई सडकमा आउन आह्वान गरिरहेको अध्यक्ष सुदन गुरुङले बताए । उनले भने ‘अरु नआए पनि युवा जमातलाई सचेत गराउन सकिन्छ कि भनेर प्रयास गरिरहेका छौं । अस्पताल सबैको हो त्यसैले अरुको लागि होइन आफ्नै लागि जाग्न आह्वान गरिरहेका हौं ।’ तर धरानका युवाहरुलाई जगाउन निक्कै मुश्किल परिरहेको उनको भनाइ छ । ‘हामी नेपाल’ले विभिन्न चार बुँदे माग राखेर आन्दोलन गरिरहेको छ । यो आन्दोलन कुनै सम्झौता नगरेर कार्यन्वयन भएपछि मात्रै स्थगित हुने अध्यक्ष गुरुङले बताए ।

‘हामी नेपाल’ को पहिलो माग अस्पताल भित्र भएका एमआरआई मेसिन बनाउनुपर्ने, भिडियो एक्सरेहरु तत्काल हुनुपर्ने लगायतका तत्काल कार्यन्वयन हुने कुराहरु समेटेको छ । दोस्रो बुँदामा २५ वर्ष यताका पदाधिकारीको सम्पत्ति छानबिन हुनुपर्ने, तेस्रोमा प्रतिष्ठानमा भएका खरिद प्रक्रियाका विषय वेबसाइटमा राखिनुपर्ने र चौथोमा यी माथिका मागहरु पूरा गर्न नसके पदाधिकारीहरुले राजीनामा दिनुपर्ने माग राखेका छन् । आफ्नै लागि आवाज उठाउन अनुरोध गर्दा पनि सहभागीता बढाउन मुश्किल परेको भन्दै ‘हामी नेपाल’ की कम्युनिकेसन अफिसर श्रृष्टि श्रेष्ठले भनिन् ‘धराने नागरिकहरु आफै जाग्नुपर्ने अवस्थामा काठमाडौं बाट आएर जाग्न अनुरोध गर्दा पनि सहभागीता बढाउन निक्कै सकस परिरहेको छ ।

हामीले विशेष गरी युवा पुस्तालाई जगाउन खोजेका हौं । तर निक्कै गाह्रो रहेछ ।’ कुनै बेला गुणस्तरीय सेवा दिने अस्पताल अहिलेको अवस्थामा पुग्दा पनि नबोलेका नागरिकहरुलाई जगाउन गएको उनको जिकिर छ । आन्दोलनमा सहभागिता विस्तारै बढिरहेको भएपनि अझै पनि आफ्नै लागि हो भन्ने सचेतना नजागेको बताउँछिन् । अस्पतालमा सेवा प्रभावित नहुने गरी अस्पतालको कपाउन्ड बाहिरको सडकमा शान्तिपूर्ण प्रदर्शन भइरहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports