सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेश सरकारले २०७९ सालमा संघीय सरकारले दिएको बाहेक थप ११ दिन सार्वजनिक विदा दिने

390
shares

जनकपुरधाम । मधेश सरकारले २०७९ सालमा संघीय सरकारले दिएको बाहेक थप ११ दिन सार्वजनिक विदा दिने भएको छ । प्रदेशमा मनाइने विभिन्न पर्व, दिवसमा दिइने विदाको सूची सरकारले बनाएको छ । अब माओवादी जनयुद्ध दिवसका दिन फागुन १ गते पनि मधेशमा सार्वजनिक विदा हुने भएको छ ।

आगामी वैशाख २ गते सिरुवा पर्व, वैशाख २७ गते जानकी नवमीको विदा दिइएको प्रदेश सरकारले जनाएको छ । यस्तै, छठ पर्वको भोलि पल्ट कात्तिक १४ गते सोमबार, विवाहपञ्चमीका दिन मंसिर १२ गते सोमबार, मधेश बलिदानी दिवस मनाउन माघ ५ गते बिहीबार, जनयुद्ध दिवस मनाउन फागुन १ गते, होली पर्वको भोलि पल्ट फागुन २४ गते बुधबार र चैत १६ गते बिहीबार रामनवमीको विदा दिइएको छ ।

तीन दिन मुस्लिम धर्माबलम्बीका लागि विदा छुट्टयाइएको छ । इस्लाम धर्माबलम्बीहरुहरुको पर्व बकर इद (इद उल अजहा), इद (इद उल फित्र) र पैगम्बर महम्दको जन्म दिनमा विदा दिने प्रदेश सरकारले जनाएको छ । यद्यपि यो विदाको मिति तोकिएको छैन । पछि यकिन गरेर दिइने प्रदेश सरकारले आफ्नो राजपत्रमा उल्लेख गरेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports