linktrix Long Ad
Salt Trading Long Ad

पत्रकार महासंघले भन्यो संवेदनशील स्थानमा जबरजस्ती पस्नु मर्यादा विपरित

689
shares

काठमाडौं । भर्खरै मात्र प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण बाट स्वदेश फर्किने क्रममा प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार ऋषी धमालाले प्रत्यक्ष प्रसारण गर्दै गर्दा हवाइजहाजको ककपिटमा जबरजस्ती प्रवेश गरेको घटना प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघले मंगलबार उक्त घटना बारे एक विज्ञप्ती जारी गर्दै महासंघ पत्रकार समाचार संकलनका लागि स्वतन्त्र हुनपर्छ र राज्यले त्यसका लागि सबैखाले व्यवस्था गर्नुपर्छ भन्ने धारणामा रहेको जनाएको हाे ।

त्यस्तो स्वतन्त्रताको भरपुर उपयोग गरेर नै नागरिक सम्म सूचना पु¥याउन सम्भव हुने तर, यस्तो स्वतन्त्रताको उपयोग गर्ने क्रममा सञ्चारकर्मीले अपनाउनुपर्ने संवेदनशीलताका सन्दर्भमा भने सञ्चारकर्मी स्वयम् सचेत र स्पष्ट हुनुपर्नेमा महासघंका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘सूचनाको स्रोत सँग मर्यादित व्यवहार गर्ने, स्वास्थ्य तथा सुरक्षा संवेदनशीलता प्रदर्शन गर्ने, प्राविधिक पक्षको विशेष रुपमा हेक्का राख्ने कुरामा ख्याल राखिएन भने समाचार संकलनका क्रममा क्षति उत्पन्न हुने अवस्था आउनेतर्फ पत्रकार तथा सञ्चारकर्मी सधैँ सचेत हुन आवश्यक छ । हवाइजहाजको ककपिट जस्तो संवेदनशील स्थानमा जबरजस्ती प्रवेश गर्नुले अप्रत्यासित घटना पनि निम्त्याउन सक्छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सूचना संकलन गर्न पाउनु पत्रकारको स्वतन्त्रता भएता पनि यस्तो सूचना संकलन गर्दा पत्रकारिताको मार्यादालाई ख्याल गर्नुपर्ने महासंघले सुझाएको छ । सूचना संकलनका नाममा सुरक्षा संवेदनशील स्थानमा जबरजस्ती प्रवेश गर्नु पत्रकारिताको मर्यादा विपरित भएको महासंघको ठहर छ । पत्रकार महासंघले यस्ता खालका कुनै पनि संवेदनशील स्थानमा प्रवेश गर्नुपूर्व लिनुपर्ने अनुमति र अपनाउनुपर्ने मापदण्डलाई पालना गर्न पनि विज्ञप्ती मार्फत नै अपिल गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports