एनपीएल :आज विराटनगर र लुम्बिनीबीच खेल हुने
वि.सं.२०८३ कात्तिक २८ शनिवार ११:२५
shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ ।
आज साँझ ५ बजेदेखि सुरु हुने खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।
लुम्बिनी लायन्सले ६ खेलमा ९ अङ्कसहित प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै, विराटनगरको भने ६ खेलमा ६ अङ्क रहेको छ र प्लेअफमा पुग्नका लागि उसलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
दुवै टोलीको लिग चरणमा यो अन्तिम खेल हो ।

































