कस्तो रहला आज आइतबारको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना
वि.सं.२०८३ कात्तिक २९ आइतवार ०८:४३
shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली भू–भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागको केही स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन चट्याङ, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राति देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । देशका हिमाली भू–भाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




































