घट्यो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम
वि.सं.२०८३ कात्तिक २९ आइतवार ०८:४४
shares
काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आज (आइतबार) बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस देखिएको छ।
हिजो यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.९ डिग्री सेल्सियस देखिएको थियो। पछि बिहान ८:४५ बजेको अन्तिम मापनमा पनि यही कायम रह्यो।
आजको पनि वास्तविक न्यूनतम तापक्रम त्यही समय पुन: मापन गरिनेछ। त्यसबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थोरै अरू घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ सुरुवातकै कायम रहन पनि सक्छ। मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।
न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। मौसमविद्का अनुसार न्यूनतम (मिनिमम) तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम (म्याक्सिमम) तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ।





































