विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुलुकको आर्थिक अवस्था जोखिम उन्मुख, सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंका जस्तै हुन बाट कसैले रोक्न सक्दैन : विष्णु पौडेल

650
shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिम उन्मुख रहेको भन्दै सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंका जस्तै हुन बाट कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा उनले एमालेले सुदृढ अर्थतन्त्र छाडेर विदा भएको तर अहिलेको सरकारले ९ महिनामै आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्था बाट गुज्रिएको दावी गरे ।

मुलुकको आर्थिक स्थिति जोखिमउन्मुख छ, जोखिमको स्तरमा नेपाल आइपुगेको छ, यदि हामीले सार्थक हस्तक्षेप गरेनौं भने, जे जस्तो समस्या देखिएका छन्, ती समस्याको निराकरण नहुने हो भने मुलुक श्रीलंका हुन बाट कसैले रोक्न सक्दैन’ उनले भने । मन्त्री वा प्रधानमन्त्रीले दावी गरेर मात्र मुलुकको बिग्रदो आर्थिक स्थिति बाट बाहिर ननिस्कने भन्दै उपाध्यक्ष पौडेलले बिग्रदो स्थिति बाट बाहिर निस्कन सरकारले उचित कदम चाल्नुपर्ने बताए । ‘गलत खालका नीति लिने र मुलुकलाई श्रीलंका हुन बाट जोगाउँछु भन्ने दावी गरेर हुँदैन’ उनले भने ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports