विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्छ : एमाले उपाध्यक्ष पाण्डे

858
shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले नेपाल ल्याउन लागिएको विदेशी मुद्रा खुलाउन राष्ट्र बैंकलाई पत्र लेखेको भन्दै उक्त काम कानुन विपरीत हुने बताए ।

विदेश बाट आएको रकम राष्ट्र बैंकले छानबिन गरिरहेको विषयमा अर्थमन्त्रीले पैसा फुकुवा गर्न निर्देशन दिएको आफूले सुनेको उनले बताए । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, ‘अनुसन्धान गर्ने अधिकारीले अनुसन्धान गरिरहेका बेला यो पैसा दे र त्यो नदे भन्ने हो भने अनुसन्धान गर्ने संस्थाले ठीक ढंगले काम गर्न सक्दैन, त्यो एक प्रकारकाले क्राइम नै हुन्छ ।’ उनले अघि भने, ‘म त के देखिरहेको छु भने श्रीलंकामा अर्थमन्त्री भाग्ने भन्ने सुन्दैछु, कतै त्यो दिन नआओस् नेपालमा ।’

नेपालमा अनुसन्धान गर्ने निकाय बलिया भएमा अर्थमन्त्री कारबाहीको दायरामा आउने पूर्वअर्थमन्त्री पाण्डेले बताए । ‘यदि हाम्रो एजेन्सी दह्रा हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ?’ उनले भने, ‘किन गर्दैछौ यो काम यसो गर्न मिल्छ हामीले अन्तर्राष्ट्रिय अब्लिगेसन भन्दा विपरीत गएर कोही मन्त्री चल्न सक्छ ? हामीले बनाएका कानुन र ऐन भन्दा बाहिर गएर चल्न मिल्छ र ?

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports