प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विप्लवको केन्द्रीय समिति बैठक पछि मातहतका निकायमा सर्कुलर पठायो

598
shares

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति बैठक पछि मातहतका निकायमा सर्कुलर पठाएको छ । कपिलवस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकले लिएका निर्णयहरु कार्यान्वयन गर्ने उद्देश्यका साथ विप्लवले पार्टीका इन्चार्ज र सेक्रेटरीलाई सर्कुलर पठाएका हुन् ।

सर्कुलरमा आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी विरोधी कित्तामा उभिएकालाई सहयोग गर्ने उल्लेख गरिएको छ । ‘आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी एवं राष्ट्रघात विरोधी प्रतिनिधिहरूलाई सहभागि गराउने र सहयोग गर्ने, संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय लिइएको छ’, सर्कुलरमा भनिएको छ । स्थानीय चुनावलाई संघर्षको मोर्चा बनाउनुका साथै दलाल संसदीय व्यवस्थाको भण्डाफोर पनि सर्कुलरमा उल्लेख छ ।


यस्तै काठमाडौं उपत्यका पेरिफेरीका जिल्लामा कार्यरत केन्द्रीय सदस्य र जनवर्गीय संगठनका केन्द्रीय सदस्य एवम् फ्याक्सन इन्चार्जको संयोजक प्रकाण्डले गर्ने सर्कुलरमा उल्लेख छ । यस्तै सचिवालय सदस्य विषयलाई संगठनात्मक काममा सहयोग गर्नेगरी केन्द्रीय कार्यालयको जिम्मेवारी तोकिएको छ । यस्तै केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि गरिएको छ ।

यस्तै प्रकाश डुम्रेलाई गल्ती महसुस गराई पार्टी सम्पर्कमा राखी काम लगाउन सर्कुलर भएको छ भने बैतडीका राजेन्द्र विष्ट र उद्योग व्यापार संगठनका प्रकाश बस्नेतको कारबाही फुकुवा गरिएको छ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports