प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशको आर्थिक अवस्था बिग्रिएर श्रीलंकाको जस्तो बन्न लागेको दावी गरे ओलीले

598
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था बिग्रिएर श्रीलंकाको जस्तो बन्न लागेको दावी गरेका छन् । आइतबार एमाले निकट शिक्षक संगठनको कार्यक्रम उद्घाटन गर्दैै उनले सरकारले तलव दिन नसक्ने अवस्था समेत आउन सक्ने जिकिर गरे ।

‘यो नेपालका लागि अनिष्टको समय हो,’ ओलीले भने, ‘एमालेका लागि होइन देशका लागि । अहिले देशको अर्थतन्त्र हेनुहोस् त श्रीलंका बन्दै छ नेपाल । केही समयपछि तनखा नपाए अनौठो नमान्नुहोला । तनखा दिन सक्ने अवस्था छैन । जेष्ठ नागरिकले भत्ता नपाए अनौंठो नमान्नुहोला । दिन सक्ने अवस्था छैन । योजनाहरु, आयोजनाहरु काटिदै छन् ।’

यस्तो अवस्थामा पनि एमालेलाई सरकार बाट हटाउन पाइयो भनेर गठबन्धनमा आवद्ध दलहरु खुसी भएर बसेको ओलीको भनाइ छ । ‘त्यो गठबन्धनमा लागेका त खुसी नै होलान,’ उनले भने, ‘देश यस्तो अवस्थामा जाँदा पनि खुसी छन् एमालेलाई सरकार बाट हटाउन पाइयो भनेर ।’ एमालेलाई धेरै दिन सरकार बाट बाहिर राख्न नसकिने भन्दै उनले एमाले ‘ढुंगाको काम फोडेर’ पनि सरकारमा आउने बताए।

‘कति दिन राख्न सकिन्छ एमालेलाई बाहिर ?, ओलीको भनाइ छ, ‘ढुंगाको काप फोडेर पनि उम्रिन्छ पीपल । नेकपा एमाले खाली यो चुनावको वर्षायाम पर्खिराखेको छ। चुनाव आयो कि त ढुंगाको काप फोडेर पनि उम्रिन्छ । गठबन्धन केही पनि होइन ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports