विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

साझा विवेकशिलले काठमाडौं महानगरपालिका मेयर र उपमेयर गर्यौ घोषणा

611
shares

काठमाण्डौ ।  विवेकशील साझा पार्टीले समीक्षा बास्कोटालाई काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै कीर्ति तुलाधरलाई उपमेयर पदको उमेदवार बनाउने निर्णय पनि साझाले गरेको छ।

सोमबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँः राजधानीको गौरव पुनर्स्थापित गरौँ” भन्ने नाराका साथ दुई जना महिला उमेदवार अघि सार्ने निर्णय भएको अध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिए ।समिक्षा बास्कोटा विवेकशील साझा पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल केन्द्रीय समितिकी सदस्य हुन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।

यस्तै कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशिया बाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघसंगठनको नेतृत्वदायी भूमिकामा छिन्। दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने सो पार्टीले जनाएको छ । घोषणा पत्र मूलत ७ वटा बुँदाहरूमा केन्द्रीत हुने प्रवक्ता शरदराज पाठकले जानकारी दिए । जसमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी नालाको सफाई र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा हुने पाठकको भनाइ छ ।

विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौँ पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुईजना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिवद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरूवात हुने विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरे । बास्कोटा र तुलाधरको चुनावी अभियानको नेतृत्व पार्टीकी अर्की केन्द्रीय सदस्य तथा गत संघीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं ७ बाट सम्मानजनक मतका साथ तेस्रो स्थान हासिल गरेकी अनुपा श्रेष्ठले गर्नेछिन्।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports