विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रबाट नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस

572
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । सोमबार बसेको माओवादी केन्द्रको विदुर नगर कमाण्डको बैठकले बोगटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको माओवादी स्रोतले बताएको छ । माओवादीको विदुर नगर कमिटीकी अध्यक्ष समेत रहेकी बोगटी माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी समेत हुन् ।

सत्ता गठबन्धन बीच तालमेल हुँदा विदुरको मेयरमा नेपाली कांग्रेसले पनि दाबी गरिरहेको छ । त्यस्तोमा माओवादीले उपप्रमुख पाउन सक्छ । बोगटीले तालमेल गर्दा माओवादीले उपप्रमुख पाए पनि आफूले नै नेतृत्व गर्ने बताइन् । ‘नगरपालिकाको मेयरमा मेरो नाम सर्वसम्मतिले सिफारिस गरेको छ,’  उनले भनिन्, ‘यहाँ गठबन्धन गर्ने भन्ने कुरा पनि छ । हामीलाई मेयर आए पनि, उपमेयर आए पनि त्यसमा मैले नै नेतृत्व गर्ने निर्णय भएको छ ।’ बोगटी यसअघि पत्रकारितामा सक्रिय थिइन् । उनी माओवादी केन्द्र निकट पत्रकारको संगठन प्रेस सेन्टरको केन्द्रीय सदस्य समेत हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको मेयर नेकपा एमालेले जितेको थियो भने माओवादी केन्द्रका उम्मेदवार तेस्रो भएका थिए । एमालेकी सञ्जु पण्डित ९ हजार ७१६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा नेपाली कांग्रेसका ध्रुवप्रसाद अधिकारी ८ हजार ७४० मत ल्याएर दोस्रो भएका थिए । माओवादीका उम्मेदवार लीलानाथ न्यौपानेले ४ हजार ७३६ मत पाएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports