kumari
stcnepal

३४ अंकले घट्यो नेप्से, २३८५ दशमलव ०२ को विन्दुमा कायम

काठमाडौं । आज पनि शेयर ३४ दशमलव ७८ अंकले घटेर २३८५ दशमलव ०२ को विन्दुमा कायम भएको छ । आज १३ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम बाहेक सबै उपसूचक घटेका छन् ।

आज दिनभरिमा २३७ वटा कम्पनीको ३७ करोड ८३ लाख २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन ठिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नविल बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको ३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३१४ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया सेलेक्ट फण्डका इकाईधनीले ३ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् । प्राइम डिवेञ्चरका इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ५९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

footer