विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओखलढुंगामा प्रहरी चढेको बलेरो जिप दुर्घटना दुईको निधन अन्य घाइते

468
shares

 

ओखलढुंगामा प्रहरीहरू चढेको बलेरो जिप दुर्घटना हुँदा दुई जना प्रहरीको निधन भएको छ। निधन हुनेमा प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मनिष राजवंशी रहेका छन्।

आज बिहान ओखलढुंगाबाट विराटनगर जाँदै गरेको बा१७च १०९४ नम्बरको बलेरो मानेभञ्ज्याङ गाउँपालिका-६ हर्कपुर भन्ने ठाउँमा भीरबाट तल खसेको ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताएका छन् ।

उनका अनुसार बलेरोमा ९ जना सवार थिए। एक जना गाडी चालक र अन्य सबै प्रहरी थिए। उनीहरूको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत् काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल लैजाने तयारी भइरहेको खनालले बताएका छन्।

‘चार जनाको अवस्था चिन्ताजनक रहेको बुझिएको छ, अन्य सबै घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको छ,’ उनले भने,खनालका अनुसार बिहान ९ बजे बलेरो दुर्घटना भएको थियो। प्रहरीहरू हतियार मर्मतका लागि हिँडेका थिए।

घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल, जवान रूपक विष्ट र चालक लीलाप्रसाद खनाल छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports