चौतर्फी आलोचना पछि माओवादीको पोस्टरवाट हटाईयो कुलमानको फोटो
वि.सं.२०७८ चैत ३० बुधवार ११:५३
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फेसबुक पेजबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो भएको चुनावी पोस्टर हटाइएको छ।
बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्डले कुलमानको फोटो भएको चुनावी पोस्टर फेसबुकमा राखेका थिए। माओवादीका अरू नेताहरूले पनि उक्त पोस्टर पोस्ट गरेका थिए।अहिले भने उक्त पोस्टर सम्पादन गरेर प्रचण्डको मात्रै तस्बिर राखिएको छ। आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा फोटो राखिएको भन्दै कुलमानले आपत्ति जनाएका थिए।

‘मलाई थाहै थिएन। पार्टीको चुनावी पोस्टरमा त्यसरी मेरो फोटो राख्न मिल्दैन,’ कुलमानले भने,‘मैले हटाउन भनिसकेको छु।’माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एउटा मोडलका रूपमा उक्त पोस्टर राखिएको बताएका थिए । ‘त्यो प्रचार(प्रसारको अन्तिम पोस्टर थिएन,’ महराले भने।





































