विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालगञ्जको मेयरका लागि कांग्रेस बाट १४ जनाको नाम सिफारिस

598
shares

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेपाली कांग्रेस बाट १४ जनाको नाम सिफारिस भएको छ । कांग्रेसको उपमहानगरपालिका समितिले आकांक्षी धेरै भएपछि सबै १४ जनाको नाम प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिलाई सिफारिस गरेको हो ।

मेयरको उम्मेदवारका लगि रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनील राणा, निरञ्जन सिंह सिजापति, डा. सुरेशकुमार कनोडिया, माया पुनको नाम सिफारिस भएका छन् । त्यस्तै अजितकुमार शर्मा, रवीन्द्रमान श्रेष्ठ, वीरेन्द्रबहादुर शाह,अच्युतप्रसाद प्रसाईं, ललित रौनियार, मो. कादिर जोलाहा र दिवाकर खनालको नाम पनि मेयरको उम्मेदवारका लागि सिफारिस भएका छन् । सिफारिस भएका १४ मध्ये उमा थापामगर हालकी उपमेयर हुन् भने कनोडिया मेयरमा पराजित कांग्रेस उम्मेदवार हुन् ।

कांग्रेसको उपमहानगरपालिका समितिका सभापति प्रशान्त विष्टले उपमेयर पदमा ११ जनाको नाम सिफारिस गरेका छन् । रेणु सिंह ठाकुर, दीक्षा कोइराला, रत्न राणा, शिवकुमार वर्मा,  पूर्ण सिंह ठकुरी, मिना कुमारी बोहरा, नारायण रुपाखेती, मो. कमाल अन्सारी,गोकर्ण शाही, बन्दना सिंह र अतुल कुमार गुप्ताको नाम उपमेयरको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports