विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सेयर कारोबार अवधि भर फ्लोरसिट हेर्न नपाइने धितोपत्र बोर्डको नेप्सेलाई निर्देशन

520
shares

काठमाडौँ । सेयर कोरोबार अवधिभर फ्लोरसिट हेर्न नपाउने व्यवस्था गर्न नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिएको छ । कारोबार समयमा नै फ्लोर सिट मार्फत कारोबारमा संलग्न ब्रोकर तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने व्यवस्था रहेको छ | सरोकारवाला पक्ष बाट सुझाव तथा गुनासो आएपछि कारोबार सकिएपछि मात्र फ्लोरसिट हेर्न पाउने व्यवस्था गर्न नेप्सेलाई बोर्डले पत्राचार गरेको छ |

साथै, नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई स्क्रिन एग्जिविशन कक्ष खुला गर्न निर्देशन दिएको छ । बोर्डले विश्वव्यापी महामारीको रुप लिएको कोरोनाको जोखिमलाई मध्यनजर गर्दै ब्रोकरको कार्यालयमा स्क्रिन एग्जिविशन कक्ष बन्द गराएको थियो । हाल कोरोना भाइरसको संक्रमण जोखिम कम भएको हुनाले बन्द भएको सम्पूर्ण व्यवस्थालाई खुकुलो गरिसकेको सन्दर्भमा कोरोना भाइरसको न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने/गराउने गरी धितोपत्र ब्रोकर व्यवसायीहरुको स्क्रिन एग्जिविशन कक्ष सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र ब्रोकर व्यवसायीहरुलाई निर्देशन दिएको हो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports