प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हैसियतभन्दा बढी सिट मागे माधव नेपालले : अध्यक्ष प्रचण्ड

611
shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्थानीय चुनावमा हैसियत भन्दा बढी सिट मागेको ब्रिफिङ गरेका छन्।

आज शुक्रबार खुमलटारमा बसेको माओवादीका पूर्वस्थायी समिति सदस्यसहितको बैठकमा चुनावी रणनीतिका विषयमा कुराकानी गर्दा प्रचण्डले त्यसो भनेका हुन्। गठबन्धन सहज नभएको सुनाएका उनले नेकपा एकीकृत समाजवादीसँगै जनता समाजवादी पार्टीले पनि हैसियतभन्दा बढी माग गरिरहेको सुनाएका हुन् ।

उनले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादले गठबन्धनलाई असर गर्नसक्ने उल्लेख गर्दै प्रतिस्पर्धा पनि हुन सक्ने बताएको स्रोतको दाबी रहेको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports