प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कमल थापा भन्छन राजा आउने सम्भावना सकियो

689
shares

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्किने सम्भावना सकिएको बताएका छन् ।पुरानो पार्टी राप्रपाका नेता–कार्यकर्तालाई नयाँ वर्षको शुभकामना दिँदै अध्यक्ष थापाले २–४ प्रतिशत भोटको जगमा राप्रपा ठूलो नहुने बताए ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले भनेका छन्, ‘नयाँ वर्षको अवसरमा मेरो पुरानो पार्टी र साथीहरूलाई शुभकामना ! राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरू सँग मेरो गुनासो, वैमनस्यता छैन । तपाईंहरूको धैर्यता रहुञ्जेल राजा बोक्नोस्, मेरो शुभकामना छ । विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडें । तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो ।’

असम्भव एजेन्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्न नहुने समेत उनले बताए । ‘पार्टीहरू असफल भएर राजा आउने होइन । एउटा पार्टी असफल भए अर्को आउँछ । राजा फर्कने अरु नै कारण थिए । राजाले नै त्यो बाटो बन्द गरिदिए । अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन । असम्भव एजेण्डा बोकेर हिन्दूराष्ट्रलाई बन्धक बनाउन हुँदैन । २–३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन,’ उनले लेखेका छन् ।

राप्रपा पनि अन्ततः आफ्नै बाटोमा आउने विश्वास समेत थापाले दिएका छन् । उनले अगाडि लेखेका छन्, ‘मलाई थाहा छ, अन्ततः तपाईंहरू मेरै बाटोमा आउनुपर्छ । अहिले गालीगलौज/आरोपहरू खेपेर भए पनि तपाईंहरूको लागि म बलियो घर बनाएर राखिदिनेछु । पहिले पनि मैले बनाएकै घरमा तपाईंहरू आएको हो । त्यहाँ अझै केही समय रमाइ राख्नोस् । राजाको माया त लाग्छ, त्यसैले राजसंस्था प्रति मेरो सम्मान सदैव रहिरहने छ ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports