विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ललितपुर महानगरको प्रमुख कांग्रेसलाई दिने सहमति

1.12K
shares

काठमाडौं । पाँच दलीय गठबन्धनमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिका प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति जुटेको छ । महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी रहेको कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठले बताए ।

‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली कांग्रेसलाई नै दिने सहमति बनेको छ’, उनले भने । निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमति नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको हो ।

शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाले बताए । आन्तरिक तयारी गरिरहेको र परिआए एक्लाएक्लै लड्नुपर्ने अवस्था आउन सक्ने पनि उनले बताए । महालक्ष्मी र माहाँकाल गाउँपालिकामा एकीकृत समाजवादीले दावी गरे पनि सहमति भने भएको छैन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports